साइप्रसमा काम, अध्ययन वा अन्य कारणले बसिरहेका धेरै नेपालीहरूले आफ्नो visa status र departure process लाई गम्भीर रूपमा नलिँदा दीर्घकालीन समस्या भोगिरहेका छन्। सानो लापरवाहीले Police Clearance Certificate (PCC) नपाउने अवस्था सिर्जना गर्न सक्छ, जसले अन्य देशको भिसा प्रक्रियामा गम्भीर असर पार्छ।
Cyprus Visa Overstay: किन यो गम्भीर समस्या हो?
यदि तपाईंको भिसा सकिएको छ वा कानुनी अनुमति बिना बसिरहनुभएको छ भने, तपाईंलाई Illegal Overstay in Cyprus भएको मानिन्छ।
- Visa expiry भइसकेको
- Valid residence permit नभएको
- Release paper expire भएको
- नयाँ employer नपाई बसेको
Immigration system मा प्रत्येक दिनको digital record हुन्छ। “केही दिन मात्रै हो” भन्ने सोचले भविष्यमा visa application मा समस्या निम्त्याउन सक्छ।
Northern Cyprus हुँदै Exit गर्दा किन जोखिम हुन्छ?
टर्की शाषित उत्तरी साइप्रसका exit point हरूलाई Republic of Cyprus ले आधिकारिक नाका मान्दैन।
यदि तपाईं legal रूपमा प्रवेश गर्नुभएको छ तर अनधिकृत नाकाबाट बाहिरिनुभयो भने त्यो immigration violation ठहर हुन सक्छ।
Legal entry मात्र पर्याप्त हुँदैन – legal exit पनि अनिवार्य हुन्छ।
Read also : Cyprus Police Clearance Certificate (PCC) from Abroad
Police Clearance Certificate (PCC) किन अत्यावश्यक छ?
यदि तपाईं ६ महिनाभन्दा बढी Cyprus मा बस्नुभएको छ भने, अन्य देशमा visa apply गर्दा Cyprus Police Clearance Certificate (PCC) आवश्यक पर्छ।
PCC जारी नहुन सक्ने अवस्था:
- Illegal overstay
- Deportation
- Criminal case
- Asylum application rejected
पहिले rejection letter दिने व्यवस्था थियो, तर अहिले धेरै केसमा प्रहरीले दिन छाडेको छ।

Illegal Overstay को असर
- Future visa refusal
- Schengen entry ban
- Residence permit rejection
- Immigration database मा negative record
एक पटक immigration violation रेकर्ड भएपछि हटाउन सजिलो हुँदैन।
Entry Ban कति वर्ष लाग्न सक्छ?
Case अनुसार:
- १ वर्ष
- ३ वर्ष
- ५ वर्ष
- गम्भीर केसमा अझ बढी
केही अवस्थामा नाम Schengen Information System (SIS) मा दर्ता हुन सक्छ, जसले सबै Schengen देशमा असर पार्छ।
PCC नपाउँदा के हुन्छ?
- Spain, EU, UK, USA residence permit रोकिन सक्छ
- EU work visa reject हुन सक्छ
- US visa प्रभावित हुन सक्छ
- Student visa अस्वीकृत हुन सक्छ
- Citizenship प्रक्रिया ढिला हुन सक्छ
Embassy ले explanation माग्न सक्छ, तर official PCC बिना process अगाडि बढ्न गाह्रो हुन्छ।

यदि PCC जारी नभए के गर्ने?
- Immigration lawyer सँग consult गर्नुहोस्
- Official written explanation माग्नुहोस्
- Embassy सँग alternative document बारे बुझ्नुहोस्
- Future application मा honest disclosure गर्नुहोस्
झुटो विवरण दिनु सबैभन्दा ठूलो गल्ती हो।
Cyprus बस्दा ध्यान दिनुपर्ने Checklist
- Visa expiry date double-check गर्नुहोस्
- Release paper validity बुझ्नुहोस्
- Official airport (Larnaca & Paphos Airport) Sea Port वा recognized border प्रयोग गर्नुहोस्
- Departure stamp proof सुरक्षित राख्नुहोस्
- ६ महिनाभन्दा बढी बस्दा future PCC आवश्यकता बुझ्नुहोस्
अन्तिममा
Cyprus बसाइँ केवल आजको कमाइ होइन ,भोलिको अवसर हो।
Visa expiry सानो कुरा होइन। Release paper कानुनी सीमा हो। Illegal exit, Donkey रुट सजिलो उपाय होइन।
विदेश बस्दा Legal Status Clear राख्नु नै सबैभन्दा ठूलो सुरक्षा हो।